मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी
महोत्तरी ।
महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करिब १४ किलोमिटर खुला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुनेगरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुनेगरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन् । छ महिनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द परेको अवस्थामा तस्करहरुले झोला, पोका र ठूल–ठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन् । सीमा नाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरुको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुनेगरेको सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरुको भनाइ छ ।
तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्नेगरेको गाउँलेहरु बताउँछन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रहरीले जानकारी पाएको खण्डमा कुनै पनि अवस्थामा तस्करीका सरसामान नियन्त्रणमा लिने गरेको तथा तस्करलाई समात्ने प्रयास भइरहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया