सानिमा लाइफका प्रमुख कार्यकारीमा मुखिया
काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुुक्त प्रमुुख कार्यकारी अधिकृत अगम मुखियाले पदभार ग्रहण गरेका छन् । उनले कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरूको समुपस्थितिमा पदभार ग्रहण गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी मुखियाले सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पु-याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आफ्नो कार्यअनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्षभन्दा बढी कार्य गरेको अनुभव रहेको मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौँं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर तह उतीर्ण गरेका छन् ।
हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सानिमाले गत आर्थिक वर्षको चौथो त्रैमासमा आठ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा आठ करोड ९१ लाख सात हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया