सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारको सडक निर्माण कार्य पुनः सुरु
महेन्द्र शाही
सोलुखुम्बु ।
छ महिनादेखि रोकिएको सोलुखुम्बुको सदमुकाम सल्लेरी बजार क्षेत्रको मुख्य सडक निमाण कार्य सुचारु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बन्दाबन्दीका कारण ह्युमपाइप ढुवानी गर्न नसक्दा रोकिएको काम पुनः सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि राजु तामाङले जानकारी दिए । लामो समय ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा प्रभाव पारेको उनको भनाइ छ । बन्दाबन्दी तथा निषेधाज्ञा हटेपछि ढुवानीमा सहज भएपछि निर्माण कार्य थालिएको उनले बताए ।
आयोजनाको सम्पर्कमा प्रतिनिधि तामाङले लकडाउन खुलेसँगै निर्माण सामान ढुवानी गरेर काम सुरु गरेको बताए । २०७५ माघ ७ गते १८ महिनामा काम सक्नेगरी सुरु भएको सडक आरसीसी गर्ने काम निर्धारित समयमा नसकिँदा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । केही भागमा ढलान गरिएको भए पनि ढलान हुन बाँकी स्थानमा भने हिलोले यात्रा गर्न कठिन हुनेगरेको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको एक किलोमिटर सडक निर्माणको कार्य हालसम्म ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले दाबी गरेको छ । गत वैशाखमा नै निर्माण सम्पन गर्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण सम्पन्न गर्न नसकेकाले समय थप गरी पुनः काम सुरु गर्न लागिएको तामाङको भनाइ छ । अहिले निर्माण कार्यको म्याद छ महिना थप भएको छ । जम्मा छ करोड बजेटमा खानी ब्राइट र नेसनल जेभीले संयुक्तरूपमा सडक निर्माणको जिम्मा लिएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया