बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।
बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही असोज १४ गते बुुधबार बसेको सञ्चालक समितिको एक सय ६४औँ बैठकले उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार आर्थिक वर्ष २०७६, २०७७ को सञ्चिति मुुनाफाबाट लाभांशबापतको बैंकको चुक्ता पुँजीको तीन प्रतिशत अर्थात् २५ करोड ६४ लाख छ हजार छ सय २२ रुपैयाँ नगद लाभांश र १३ प्रतिशतका दरले हुुन आउने एक अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बोनस सेयर समेत गरी कुुल १६ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड ७६ लाख ९५ हजार छ सय ३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त घोषणा नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको २६औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया