Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा ओप्पो एफ१७ बिक्री आरम्भ

नेपालमा ओप्पो एफ१७ बिक्री आरम्भ


काठमाडौं ।
ओप्पोले बिहीबाट नेपालमा एफ१७ प्रोको बिक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोरमार्फत स्मार्टफोनको बिक्री खुल्ला गरेको हो । सेप्टेम्बर २७ मा एक अनलाइन लञ्च इभेन्टमार्फत ओप्पोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओप्पो एफ१७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओप्पो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।

आठ जीबी -याम र १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओप्पो एफ१७ प्रोको मूल्य नेपालमा ४३ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ । ओप्पो एफ१७ प्रोमा ६.४३ इञ्च सुपर एमोलेड एफएचडी प्लस डिस्प्लेका साथमा १६एमपी प्लस २ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च होल कटआउट दिइएको छ ।

यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको व्यवस्था गरिएको छ । ओप्पोका अनुसार एफ१७ प्रो ‘सन् २०२० कै स्लिकेस्ट फोन’ हो । यसको मोटाइ ७.४ एमएम अल्ट्रा–थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा–लाइटवेट बडी छ । ओप्पो एफ१७ प्रोमा एण्ड्रोइड १०मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ ।

यसैगरी ओप्पोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै एन्को डब्लयू५१ र ओप्पो वाट्च पनि बिहीबारबाट नै नेपालमा उपलब्ध गराएको छ । ओप्पो वाट्च, ४१ एमएम र ४६ एमएम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः २४ हजार ९ सय ९० रुपैयाँ र ३४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, ओप्पो एन्को डब्ल्यू ५१को मूल्य ८ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । नेपालमा ओप्पोको दोस्रो अनलाईन लञ्च इभेन्टमा नेपाली चलचित्रजगत्का लोकप्रिय स्टार्स, ओप्पोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नायिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिति जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया