Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल भुक्तानी गर्दा बिग मार्टमा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुरू

डिजिटल भुक्तानी गर्दा बिग मार्टमा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुरू


काठमाडौं ।
बिग मार्टमा सपिङ गर्दा इ–सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुरू भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इ–सेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुनः सुरु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहने कम्पनीले जनाएको छ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागू हुने छ । योजनाअनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा इ–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइनेछ । यस्तो छुट अधिकतम तीन सय रुपैयाँसम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इ–सेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको सुरू भएको थियो ।

हाल बिगमार्टका मुलुकभर ५० वटा स्टोर रहेका छन् । बिग मार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनि उपभोक्तालाई सबैखाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । यसैगरी इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया