Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटोयोटा कोरोला क्रसको बिक्री सुरु

टोयोटा कोरोला क्रसको बिक्री सुरु


काठमाडौं ।
नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्रीवितरण प्रारम्भ गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलोपटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको हो । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसबुक÷इन्स्टाग्राम पेजमार्फत बिहीबार नयाँ एसयूभीको बिक्रीवितरण कार्यको शुभारम्भ गरेको कम्पनीले जनाएको छ ।

टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापानी कार हुन् । यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभी थाइल्यान्डमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो ४ सिलिण्डरको कार टीजीएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्यक्षमतालाई समर्थन गर्दछ ।

यो सीभीटी ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयूभी गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भने यो हलुका सवारीसाधन पनि बनेको छ । कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रिलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ ।

कोरोला क्रसमा सबैभन्दा लामो ह्विलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ । टोयोटा कोरोला क्रस एसयूभी भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायी छ । यसको भित्र फराकिलो स्थान छ भने खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मुनरुफको सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयूभी नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया