क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध
ओटावा ।
विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरि एक महिना लम्ब्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउँदै आएको क्यानडाले अक्टोबर महिनाभर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
देशका सार्वजनिक सुरक्षामन्त्री बिल बलैरद्वारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिबन्ध अमेरिकी देशबाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो । कोरोनाभाइरसको संक्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाइ छ ।
मन्त्री बलैरले अस्थायी कामका लागि आउनलागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागु भएको हो । क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।
कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार सात सय ५८ जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म नौ हजार दुई सय ९७ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया