ईयूले नेपालको हवाइ सुरक्षामा प्राविधिक सहयोग गर्ने
काठमाडौं ।
नेपालको हवाइ क्षेत्रमा युरोपेली संयुक्त आयोगले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । उक्त विषयमा शुक्रबार आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच अप्रत्यक्ष छलफल भएको छ । युरोपले नेपालको नेपाल वायुसेवा निगमलाई भने प्रतिबन्ध लगाउँदै आएको छ ।
पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड–१९ को महामारीबाट नेपालसहित युरोपेली सङ्घका सदस्य राष्ट्रमा परेको प्रभावबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत अप्रिलमा सङ्घले नेपाललाई अर्थतन्त्रको पुनरुत्थान, श्रमिकको माग, नेपालीको आयमा सहायता अभिवृद्धिका निम्ति करिब १० अर्ब २७ करोड ५० लाखको सहायता उपलब्ध गराउन गरेको तयारीबारे पनि बैठकमा विचारविमर्श भएको थियो । अहिलेको महामारीबाट पार पाउन राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठनसमेतको संलग्नतामा बहुपक्षीयरूपमा सहकार्य गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
सङ्घ र नेपालले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता, सम्पर्क सञ्जाल विस्तार, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, विधिको शासन, सुशासन र मौलिक हकलगायत विषयमा छलफल गर्दै तिनको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्धता व्यक्त गर्नाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्ने भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया