Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुमा पीसीआर परीक्षण रोकियो

सोलुखुम्बुमा पीसीआर परीक्षण रोकियो


महेन्द्र शाही
सोलुखुम्बु ।
हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय पीसीआर परीक्षण रोकिएको छ । जिल्लामा लकडाउन र निषेधाज्ञा खुलेसँगै पीसीआर परीक्षण पनि राकिएको जिल्ला स्वाथ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । निषेधाज्ञा तथा बन्दाबन्दीको समयमा जारी रहेको पीसीआर परीक्षण लामो दूरीका सवारीसाधन सञ्चालन भएसँगै रोकिएको हो । माथिल्लो निकायबाट कुनै पनि किसिमको निर्देशन नआएकाले स्वाब संकलन कार्य हुन नसकेको स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

जिल्लाबाट पछिल्लो पटक असोज १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि २ गते काठमाडौ पठाइएको थियो । नेपाल सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी सञ्चालनको अनुमति दिएको थियो । सरकाले सवारी सञ्चालनको अनुमति दिएसँगै जिल्लाबाहिरबाट जिल्ला भित्रिने यात्रुको संख्या बढेको छ । तर पीसीआर परीक्षण भने हुन सकेको छैन ।

असोज १ गतेपछि स्वाब संकलन नभएको जिल्ला कार्यालय सोलुखुम्बुका प्रमुख खकुरेलले बताए । सरकाले लामो दूरीका सवारीसाधन सञ्चालनको लागि अनुमति दिएसँगै मन्त्रालयबाट कुनै पनि निर्देशन नआएकाले स्वाब संकलन रोकिएको उनको भनाइ छ । सवारीसाधन खुलेसँगै मानिसको आवतजावत बाक्लिएको छ । उनीहरू निर्बाधरूपमा खुलेआम हिँड्डुल गर्दा स्थानीयमा त्रास पनि उत्पन्न भएको छ । सवारी सञ्चालन हुनुभन्दा पहिले जिल्ला भित्रिने सबैको स्वाब संकलन गर्ने गरिएको थियो ।

असोज २ गतेसम्मको तथ्याङ्कअनुसार जिल्लाबाट पाँच सय दुई जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । त्यसमा आठजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै जना निको भएर डिस्चार्ज भइसकेका छन् । आफूहरूले प्रदेशको सामाजिक विकास मन्त्रालयसँग केही दिनमा कुरा गर्ने र त्यसपछि मात्र यस विषयमा आधिकारी जानकारी दिन सकिने प्रमुख खकुरेलको भनाइ छ । पछिल्लो सयम जिल्लामा दैनिकरूपमा २० वटा सवारी साधनबाट र हवाइ जहाजबाट पनि यात्रु आउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया