Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार दिनसम्म सर्पले घर नछाडेपछि नाग मानेर दूध खुवाइयो 

चार दिनसम्म सर्पले घर नछाडेपछि नाग मानेर दूध खुवाइयो 


सुबास बस्नेत
दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका ३ मिर्गेको जैनालुमा चार दिनदेखि सर्पले घर नछाडेपछि नाग भन्दै सर्पको पूजा गरेर दुध खुवाइएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको जैनालु गाउँमा रहेको बिन्दा तामाङको घरमा बुधबार दुईवटा सर्प देखापरेका थिए । तर दिनदिनै अन्य सर्पहरूपनि थपिन थालेपछि नाग देउता उत्पन्न भएको भन्दै सर्पको पूजा गरेका हुन् ।

घरको आगनमा सर्प देखेपछि लखेट्न खोजेको तर धपाउन खोज्दा सबै सर्पले आफ्नो शरीरको आकार परिवर्तन गरेर टाउको र जीउ फुलाउने गरेको स्थानीय यमकुमार तामाङले बताए । दिनदिनै तामाङको घरमा सर्पहरूको संख्या बढेपछि नाग देवताको आगमण भएको भन्दै स्थानीयले सर्पलाई दुध खुवाउन थालेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया