Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रचण्डको ‘नयाँ युगको पदचाप’ पुस्तक सार्वजानिक

प्रचण्डको ‘नयाँ युगको पदचाप’ पुस्तक सार्वजानिक


काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो ।

जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ । पुस्तकमा प्रधानमन्त्रित्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ ।

पुस्तकमा अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधनहरु समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ । पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रित्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

विश्वलाई तरंगित गर्ने गरी भएको नेपालको जनयुद्ध र त्यसले ल्याएका सकारात्मक परिणाम नै अहिले संविधानमा लिपिबद्ध गरिएका विषयवस्तु हुन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक प्रतिनिधित्व र समावेशीतालगायतका उपलब्धि जनयुद्धको जगमै प्राप्त भएका हुन् ।

जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ । वर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूण सामाग्री प्रदान गर्ने छ । पुस्तकमा तत्कालीन अवस्थामा अध्यक्ष प्रचण्ड सहभागी भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भेला र छलफलका तस्बिरहरु पनि समावेश गरिएको छ । पुस्तकमा ४०४ पृष्ठहरु रहेका छन् । प्रतिष्ठानले पुस्तकको मूल्य ७ सय ५० रुपैयाँ राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया