धनगढी ।
साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले चाडपर्वलाई लक्षित गरी धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले दशैं तिहारलगायतका पर्वलाई लक्षित गरी गत बिहीबारदेखि आगामी मंसिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।
सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने नायब महाप्रबन्धक पाण्डेले बताए । पसलमा चिनी प्रतिकिलो ७० रुपैयाँ र नुन प्रतिकिलो १८ रुपैयाँ मूल्य निर्धारण गरेको उनले बताए । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० रुपैयाँ र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट गरिएको छ । त्यसैगरी साबुनमा पाँच रुपैयाँ र स्यानिटाइजरमा १० रुपैयाँ छुट गरिएको बताइएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ । चामल भने खाद्य संस्थानले राख्ने भनिएको छ ।
‘साल्ट टे«डिङको अहिले सबै कारोबार अनलाइन विलिङ सिस्टम छ तर पहाडी क्षेत्रमा उक्त सिस्टम नभएकाले अहिले खोल्न सकिने अवस्था छैन’, पाण्डेले भने, ‘विगतमा जबसम्म अनलाइन विलिङ सिस्टम थिएन त्यो बेलामा कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लामा बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको थियो र अहिले अनलाइन बिलिङ भएपछि अन्य स्थानमा रोकिएको छ ।’
स्थानीय निकायले साल्ट ट्रेडिङसँग समन्वय गरेर सुपथ मूल्य पसल राख्न चाहेमा कर्पोरेसन सामान उपलब्ध गराउन तयार रहेको पाण्डेको भनाइ छ । यस पटक सुपथ मुख्य पसलमा कुनै उत्पादनकर्ताले आफ्नो सामान बिक्री गर्न चाहेमा उक्त वस्तु साल्ट ट्रेडिङले खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सकिने थप व्यवस्था मिलाइएको कर्पोरेसन क्षेत्रीय कार्यालयले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया