सामसङको ‘बडा दशैँ, बिग धमाका’ अफर सार्वजनिक
काठमाडौं ।
सामसङले चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । वर्तमान कठिन अवस्थामा नेपाली सामसङ मोबाइल पारखीहरुलाई ‘बडा दशैँ बिग, धमाका’ योजना सार्वजनिक गरेको हो ।
सामसङको कुनै पनि स्मार्टफोन तथा ट्याब खरिद गरी यस धमाकामा सामेल हुने ग्राहकलाई साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरिएको छ । यस अफरअन्तर्गत एक जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत रिनाल्ट डस्टर तथा साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत् पाँच जना विजेताहरुलाई होन्डा हनेएट १६० आर तथा १० जना विजेताहरुलाई ग्यालेक्सी नोट २० प्रदान गरिने कम्पनीले जनाएको छ ।
कोभिडको कारणले गत वर्षहरुभन्दा यो वर्षको चाड केही फरक छ । यस परिस्थितिलाई मध्यनजर गर्दै सामसङले उत्सवको मनस्थिति एवं उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको हो । साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ । कम्पनीका अनुसार बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्प्मार्टफोनहरुको सट्टामा नगद उपहार प्रदान गरिनेछैन ।
यो अफर यही असोज १६ गतेदेखि मंसिर २ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ । लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्र्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिनेछ । बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आइएमएस प्रालिअन्तगर्तका सामसङ ब्राण्ड सप तथा रिटेलहरुमार्फत गरिएको खरिदमा लागू हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया