१४ अंकले उक्लियो सेयर बजार
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नै बजार परिसूचक १४ दशमलव ७१ अंकले उकालो लागेर १५ सय ८५ दशमलव ७५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय १२ दशमलव १९ अंकमा चढेको छ ।
यसदिन कुल एक सय ९५ वटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसमध्येबाट ४५ हजार सात सय ६३ पटकको कारोबारमा एक करोड सात लाख १३ हजार तीन सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार सात सय १९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव ३५ अंकले ओरालो लागेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ५६ अंकले उकालो लागेर १२ सय ७४ दशमलव चार अंंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २३ दशमलव ४९ अंकले उकालो लागेर १९ सय ७० दशमलव ३८ अंकमा चढेको छ ।
जलविद्युुत् समूहको सूचक पनि १५ दशमलव २६ अंकले उकालो लागेर १२ सय ७७ दशमलव १२ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि चार दशमलव तीन अंंकले उकालो लागेर २५ दशमलव ६० दशमलव ८९ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २४ दशमलव सात अंकले उकालो लागेर आठ हजार ६८ दशमलव ११ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ४५ दशमलव तीन अंकले उकालो लागेर नौ हजार छ सय ८४ दशमलव १६ अंकमा चढेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमश १५ दशमलव ७७, ११ दशमलव ८७, दुुई दशमलव ४३, एक सय ४५ दशमलव २६ र ११ दशमलव १५ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेर दुुई सय एक रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम सिमेन्टको सेयर मूल्य पनि नौ दशमलव ६३ प्रतिशतले बढेर आठ सय ३१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रोग्रेसिभ फाइनान्स, लक्ष्मी बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनियन नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेर एक सय १० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ५७ प्रतिशतले घटेर एक सय चार रुपैयाँमा किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ ।
उक्त कम्पनीको प्रतिकित्ता आठ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ७९ लाख २६ हजार दुुई सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता आठ सय ९१ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड १७ लाख १३ हजार तीन सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया