एनएमबी लघुुवित्तद्वारा मर्जर समिति गठन
काठमाडौं ।
एनएमबी लघुुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाले मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउनको लागि संस्थाका सञ्चालक रमणिप्रसाद पाठकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको अन्य सदस्यमा जितेन्द्र वाहेती र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् । संस्थाका अनुसार उक्त समितिले मर्जरमा जान उपयुक्त वित्तीय संस्था अध्ययन गरी मर्जरसम्बन्धी कार्य गर्न सहयोग पु-याउने छ । संस्थाको पछिल्लो पटक बसेको एक सय छैटौँ सञ्चालक समितिको बैठकले मर्जरको लागि समिति गठन गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया