कुुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा कर्जा लगानी गर्ने
काठमाडौं ।
सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको छ । विद्यमान कोभिड १९ बाट सिर्जित विषम परिस्थितिका बाबजुद कुमारी बैंक लिमिटेडको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सहअगुवाइमा सेतीखोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।
आइतबार भएको उक्त सम्झौताअनुसार कुमारी बैंकबाट दुुई अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट एक अर्ब २५ करोड गरी जम्मा तीन अर्ब २५ करोड रुपैयाँबराबरको कर्जा सीमा स्वीकृत भएको छ । कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंकका तर्फबाट नायब महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आचार्यले विद्यमान प्रतिकूल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माणकार्य दु्रतगतिमा सञ्चालन गरी परियोजनाको अनिवार्य व्यावसायिक सञ्चालन मितिभित्रै परियोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा कुमारी बैंकका नायब महाप्रबन्धक खनालले कुमारी बैंकले हाल सम्म ४९ वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोडबराबरको कर्जा सीमा स्वीकृत गरिसकेको र नेपाल इन्फ्रास्ट्रक्चका नायब कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्म सातवटा विभिन्न परियोजनामा जम्मा आठ अर्ब ३५ करोडबराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी समेत गराए । उक्त परियोजनामा स्थानीय बासीन्दाहरूको समेत उलेख्य लगानी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया