Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक नगराइन शाखामा क्यूआर कोड सुरु

कृषि विकास बैंक नगराइन शाखामा क्यूआर कोड सुरु


काठमाडौं ।
अहिलेको कोरोना महामारीको समयमा आफ्ना ग्राहकलाई क्यासलेस बैंकिङ सेवा दिनको लागि कृषि विकास बैंले क्यूआर कोड सुरु गरेको छ । धनुषा जिल्लाको केही शाखामा मात्र सञ्चालनमा रहेको यो सेवा आइतबारबाट जिल्लाको नगराइन शाखामा पनि सुरु भएको छ ।

कृषि विकास बैंक प्रदेश कार्यालय जनकपुरका प्रमुख राजेश श्रीवास्तवले बैंकका एक दर्जनभन्दा बढी व्यवसायी ग्राहकहरूलाई क्यूआर कोड प्रदान गरेका छन् । सो कोडको प्रयोगले व्यवसायीहरूले आफ्ना व्यवसायका क्रममा क्यासलेस कारोबार गर्न मदत मिल्नुका साथै सुरक्षाको दृष्टिकोणले पनि सजिलो हुनेभएको छ ।

बैकका प्रदेश नं. २ प्रमुख श्रीवास्तबले कोरोना महामारीको बेलामा नगदको लेनदेन जोखिम भएकाले अहिलेको अवस्थामा क्यूआर कोडले क्यासलेस कारोबारमा सहयोग गर्ने बताए । उनले कुनै पनि बैंकको मोबाइल बैंकिङ सेवा लिएर नगदविहीन कारोबार गर्न सकिने बताए । साथै उनले व्यवसायीहरूलाई आफ्ना पसलमा आउने ग्रहकसँग पनि मोबाइल एप्सको माध्यमले क्यासलेस कारोबार गर्न आग्रह गरे ।

साथै उनले दशैँमा पनि बंैकले किसान कार्ड वितरण गर्ने जानकारी दिँदै सो कार्डको प्रयोग गरी बैंकको एप्सबाट किसानले मलबीउ खरिद गर्न समेत सक्ने बताए । बैंकले साना किसानहरूलाई समूहमा दर्ता गराएर एक लाखसम्मको ऋण सहुलियतमा दिने पनि बताए । किसानलाई चार प्रतिशतको ब्याजदरमा बैंकले कृषिसम्बन्धी काम गर्ने ऋण प्रवाह समेत गर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया