एयरबसका कार्यकारी भन्छन् – ‘हवाइ उद्योगको अवस्था सोचेभन्दा खराब’
बर्लिन ।
युरोपेली विमान निर्माता एयरबसका प्रमुख सञ्चालन अधिकृत माइकेल चोलहर्नले हवाइ उद्योगको अवस्था महामारीका कारण सोचेभन्दा खराब रहेको बताएका छन् । रोयटर्सका अनुसार पछिल्लो समय फेरि देखिनथालेका संक्रमित र पुनः यसको नियन्त्रणका खातिर सुरु भएका यात्रा प्रतिबन्धले हवाइ उद्योगलाई तहसनहस पारिरहेको उनको भनाइ छ ।
महामारीलाई मध्यनजर गर्दै यात्रुहरुमा उत्पन्न डर र यात्रा प्रतिबन्धका कारण सामान्य अवस्थाभन्दा धेरै खराब स्थिति देखिएको र नयाँ विमान दिने प्रक्रिया पनि सुस्त रहेको उनको भनाइ छ ।
एयरबसले विश्वभरबाट १५ हजार पद खारेज गर्नुपर्ने अवस्था रहेको जनाइसकेको छ । ह्यान्डेल्सब्लाट बिजनेस डेलीसँगको अन्तर्वार्तामा उनले समर सिजनमा आशा गरेभन्दा अटमको सुरुतिरको अवस्था ज्यादै खराब रहेको बताएका थिए । उनले सो क्रममा १५ हजार रोजगारी कम्तीमा कटौती गर्ने कम्पनीको सोच रहेको बताए ।
त्यसो त महामारी सुरु हुनुअगावै एयरबसका कतिपय कारखाना प्रयोग भएका थिएनन् । कर्मचारी युनियनहरुले भने कम्पनीले सबै कलकारखाना बन्द गर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । कम्तीमा जर्मनीमा कारखाना बन्द गर्ने सोच नरहेको उनले स्पष्ट पारेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया