Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका सक्रिय संक्रमित २३ हजार पाँच सय

कोरोनाका सक्रिय संक्रमित २३ हजार पाँच सय


काठमाडौं ।
आइतबारसम्म नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भएमा लकडाउन वा निषेधाज्ञा लगाउने प्रस्ताव गरेको छ । तर व्यवसायीहरुले भने त्यसको विरोध गरेका छन् । संक्रमितमध्ये ७१ प्रतिशत पुरुष र २९ प्रतिशत महिला छन् ।

आइतबारदेखि सोमबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा १३ हजार सात सय ८१ जनाको परीक्षण गर्दा थप दुई हजार चार सय ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये एक हजार पाँच सय तीन जना पुरुष र नौ सय ३७ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा दुई सय जना, प्रदेश दुईमा एक सय २३ जना, वाग्मती प्रदेशमा एक हजार सात सय २७ जना, गण्डकी प्रदेशमा एक सय ५६ जना, प्रदेश नम्बर ५ मा एक सय ४८ जना, कर्णाली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ५० जना नयाँ संक्रमित फेला परेका हुन् ।

सोमबार एकै दिन काठमाडौं उपत्यकामा एक हजार पाँच सय ३१ जना संक्रमित फेला परेका छन् । त्यसमा पुरुष आठ सय ८४ जना र महिला छ सय ४७ जना छन् । योसँगै काठमाडौं जिल्लामा ११ हजार दुई सय ९५ जना, भक्तपुर जिल्लामा एक हजार ३९ जना र ललितपुर जिल्लामा एक हजार पाँच सय ९७ जना कोरोना संक्रमित छन् । सोमबार एकै दिन १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप एक हजार एक सय ३३ जनाले कोरोना जितेर घर फर्किएका छन् । नेपालमा कोरोना लागेर निको हुनेको दर ७३ प्रतिशत रहेको छ । सोमबारसम्म ६५ हजार दुई सय दुई जनाको निको भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया