Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआजबाट जनकपुरधामका विद्यालयहरू सञ्चालनमा आउने

आजबाट जनकपुरधामका विद्यालयहरू सञ्चालनमा आउने


बटुकनाथ झा
जनकपुरधाम ।
कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको जनकपुरधामका विद्यालयहरू आज मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले लकडाउन हटाए पनि विद्यालयहरू भने बन्द नै रहेका थिए । जनकपुरधाम उपमहानगरपालिकाअन्तरगतका विद्यालयहरू अब सतर्कता अपनाई सञ्चालनमा ल्याउन लागेको उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरको कार्यपालिका बैठकले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको सर्तहरू पालना गर्ने सर्तमा ६–१२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपमहानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कुलिङ’ गराउने निर्णय गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत अञ्जु पाण्डेका अनुसार संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयका शिक्षकहरू शिशु र बाल विकासका विद्यार्थीलाई घरमा नै पुगेर पालैपालो शिक्षण सिकाइको कामलाई सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया