Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुत्केरीलाई घ्यू र भाले दिन थालेपछि नियमित गर्भजाँच गराउनेको संख्यामा वृद्धि

सुत्केरीलाई घ्यू र भाले दिन थालेपछि नियमित गर्भजाँच गराउनेको संख्यामा वृद्धि


महेन्द्र शाही
उदयपुर ।
उदयपुरको जिल्लाको कटारी नगरपालिका वडा नम्बर ८ का सुत्केरीलाई घ्यू र भाले दिन थालेपछि नियमित गर्भजाँच गराउने क्रममा सुधार देखिएको छ । दुई वर्षदेखि कार्यक्रम सुरु भएपछि अहिले वडाभित्रका सबै गर्भवतीले नियमति गर्भ जाँच गर्नेगरेको वडा अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । २ आर्थिक वर्षदेखि घ्यू र भाले प्रदान गर्न सुरु गरेपछि वडाभित्रका सबै महिलाले नियमितरूपमा गर्भजाँच गराउने र समयमै बालबालिकाको जन्मदर्ता समेत गराउने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रम लागू हुनुभन्दा पहिले गर्भजाँच नगराउने र जन्म दर्ता पनि कक्षा ८ मा पुगेपछि मात्रै गर्न आउने गरेका स्थानीय अहिले सन्तान जन्मेको २–३ दिनमा जन्मदर्ता गराउने आउने गरेको वडाले जनाएको छ । भाले र घ्यूको आसले पनि नियमित गर्भजाँच गराउने गरेको वडाको भनाइ छ । वडाभित्र वार्षिकरूपमा करिब ८० जनाजति बच्चा जन्मने गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

वडाले नियमितरूपमा चार पटक गर्भजाँच गराएको प्रमाण पेस गरेपछि घ्यू र भाले दिनेगरेको छ । वडाले भाले दिन थालेपछि मातृ मृत्युदर समेत घटेको वडाको दाबी छ । स्थानीयले एउटा भाले र वडाले दिएकोएउटा गरी दुईवटा हुने तथा घ्यू पनि एक कुरुवा वडाले दिने गरेको र एक कुरुवा जोहो गरेमा पनि आमा र बच्चाले पोसिलो खाना खानका लागि सहज हुनेगरेको बताइएको छ । नगरपालिकाले पनि सुत्केरीसँग उप मेयर कार्यक्रम गरि गेडागुडी तथा पासिलो खानेकुरा प्रदान गर्नेगरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया