सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन माग
बागलुड. ।
सरकारले जेष्ठ नागरिकलगायतलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत वितरण गर्ने व्यवस्था मिलाउन पश्चिमका ३ प्रदेशका सहकारीकर्मीहरूले माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमाबर आयोजना गरेको बैंकको प्रगति समिक्षा एवम् भावि कार्यदिशा : सभावना र चुनौती विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरूले सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत परिचालन गर्दा लक्षित वर्गमा पु-याउन सहज हुने बताए ।
संविधानले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र सहितको तीन खम्बे अर्थनीतिमार्फत समृद्ध मुलुक निर्माणको परिकल्पना गरे पनि व्यवहारमा सहकारी क्षेत्रलाई काम गर्ने अवसर प्राप्त नभएको भन्दै सहभागीहरूले सहकारी अभियानले सरकारसँग पहल गरेर सहकारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउनु पर्ने बताए ।
सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्न विभिन्न कानुनहरूका कारण समस्या भएको भन्दै सहकारीकर्मीहरूले सहकारी ऐनअनुसार व्यवसाय गर्न सहज हुनेगरी कानुन परिमार्जनका लागि पहल गर्न सहकारी अभियानको शीर्ष नेतृत्वले ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागीहरूले उठाएका सवाल तथा जिज्ञासाहरूकालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमार्फत उत्पादन प्रशोधन र बजारीकरणका क्षेत्रमा प्रभावकारी काम गर्नका लागि सहकारी संघसंस्थाहरूले योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
सहकारी संघसंस्थाहरूको योजनामा सहकारी बैंकले सहयोग गर्ने भन्दै उनले सहकार्य गरेर अगाडि बढ्न बैंक सदैव तत्पर रहेको बताए । कार्यक्रममा जिल्लास्तरीय सहकारी संघका अध्यक्षहरू, विषयगत सहकारी संघका अध्यक्षहरू, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरू, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुुरपश्चिम प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरूमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया