नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न
काठमाडौं ।
नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको सोममबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौँंबाट र भिडियो कन्फ्रेन्स÷बेबिनारमार्फत भएको विशेष सभाले सञ्चालक समिति घटाउने प्रस्ताव पारित गरेको छ । बैंकका अनुसार सभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बन्धी साबिकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन जना र सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने दुई जना सञ्चालकबाट वृद्धि गरी तीन जना कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुनेगरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाले पारित गरेको छ । बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोहीबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया