Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिकाबीच सम्झौता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दुधौली नगरपालिका (सिन्धुली जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि नगरपालिकाले नगरक्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धिसँग जोड्न सघाउ पु-याउने बताए । नगरप्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बैंकले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्नेगरी विभिन्न नौवटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।

कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, नगरपालिकाका कर्मचारीहरू, स्थानीय उद्यमीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया