टीभीएसको मोटरसाइकल दराजमा किन्ने पहिलो २० जनालाई थप ५ हजार ५ सय छुट
काठमाडौं ।
जगदम्बा मोटर्स र दराज एपबीच व्यावसायिक सम्झौता भएको छ । यी दुई कम्पनीबीच भएको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्नेछ । दुवै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले पाँच हजार पाँच सय रुपैयाँ बराबरको स्पेसल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नेमध्ये एक जनाले टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्नेछन् ।
जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौताअनुसार अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैँ धमाका’ नामक स्किममा टीभीएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले सञ्चालन गरेको ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत दिइएको मोटरसाइकलमा नौ हजार छुट र स्कुटरमा सात हजार छुटको स्किम ग्राहकले दराजमा पनि पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया