रेल्वेबाट मालसमान ढुवानी गर्न व्यापार संघको आग्रह
काठमाडौं ।
रेल्वेबाट मालसमान ढुवानी गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले आग्रह गरेको छ । भारतको जयनगरबाट जनकपुर हुँदै तत्काल बर्दीबाससम्म रेल्वे सञ्चालनका लागि प्रक्रिया सुरु भएपछि भारतबाट जनकपुरधामसम्म मालसामान ढुवानीका लागि पहल गर्न संघले आग्रह गरेको हो ।
संघले सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र पठाई भारतको जयनगरबाट जनकपुरधामसम्म सञ्चालन हुने रेल्वेबाट मालसमान ढुवानीका लागि भारत सरकारको अर्थ मन्त्रालयमा आवश्यक व्यवस्थाका लागि पहल गर्न माग गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह तथा महासचिव जितेन्द्र प्रसाद साहले हस्ताक्षर गरेको ज्ञापनपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा अर्थ मन्त्रालयमा पठाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले यसबाट जनकपुरधामको व्यापार फस्टाउने भएकाले आफूले सम्बन्धित मन्त्रालयमा जानकारी गराउने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया