Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायती प्रधानमन्त्रीको सुझाव – ‘हलमा पुगेर चलचित्र हेर्नुहोस्’

बेलायती प्रधानमन्त्रीको सुझाव – ‘हलमा पुगेर चलचित्र हेर्नुहोस्’


लन्डन ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हलमा पुगेरै चलचित्र हेर्न बेलायती नागरिकलाई सुझाव दिएका छन् । सिनेवर्ल्डले केही समयका लागि अमेरिका र बेलायतमा चलचित्र प्रसारण रोक्ने बताएसँगै जोनसनले उक्त सुझाव दिएका हुन् ।

सिनेवर्ल्डको उक्त निर्णयबाट ४५ हजार रोजगारी संकटमा परेको छ । उनले आफूले मानिसहरुलाई हलमै गएर चलचित्र हेर्न प्रेरित गर्ने बताएका थिए । यसबाट सिनेमा हललाई केही आर्थिक राहत मिल्ने उनको भनाइ छ । नयाँ जेम्स बन्ड चलचित्र पुनः रोकेपछि सिनेवर्ल्डले उक्त निर्णय लिएको हो । उसले बेलायतमा ५५ सय रोजगारी दिएको छ । तर कोरोनाका कारण चलचित्र व्यवसायलाई पनि नराम्रो धक्का पुगेको छ ।

सिनेवर्ल्डका प्रमुख कार्यकारी मुकी ग्रेडिन्जरले भने, ‘हामीले हाम्रो सबै बजारमा सुरक्षित रुपमा खोल्ने प्रयासमा सहयोग गरेका थियौँ ।’ कम्पनीले अहिलेसम्म आफ्ना ६ सय ६३ हल खोल्ने मिति सार्वजनिक गरेको छैन । जसअन्तर्गत बेलायतमा १२७ सिनेवल्र्ड र पिक्चरहाउस थिएटर रहेका छन् । सिनेवर्ल्डले आगामी योजनाबारे केही बताएको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया