ट्रम्प डिस्चार्ज हुने खबरसँगै उकालो लाग्यो विश्व सेयरबजार
अमेरिका ।
कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुने खबरलाई विश्व सेयरबजारले स्वागत गरेको छ । विश्वलाई आफू स्वस्थ छु भन्ने देखाउन वाल्टर रिड नेशनल मेडिकल सेन्टरबाहिर उपस्थित आफ्ना समर्थकलाई हेर्न आश्चर्यजनक रुपमा गाडीमा सवार भएका थिए । त्यसअघि उनका डाक्टरले सोमबार उनी अस्पतालबाट डिस्चार्ज हुनसक्ने पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।
उक्त समाचार बाहिरिएसँगै विश्व सेयरबजार उकालो लागेको हो । अमेरिकी सेयरबजार पनि हरियो देखिएको छ । एसियामा जापानको निक्की, दक्षिण कोरियाको कोस्पी र हङकङको हांगसेंग सूचक १ प्रतिशतभन्दा माथि बढेको थियो । चीनको सांघाई कम्पोसाइट भने सार्वजनिक विदाका कारण खुलेको थिएन । त्यस्तै, युरोपेली सेयरबजार पनि उकालो लागेको बताइएको छ । लन्डनको एफटीएसई १००, फ्रान्सको सीएसी ४० र जर्मनीको डीएएक्स सबै सूचकहरु बढेका छन् । अमेरिकाको वालस्ट्रिटले पनि त्यो लहरलाई पछ्याएको छ । डो फ्युचर, एसएण्डपी ५०० र नास्डाक पनि बढेको छ ।
बिहीबार ट्रम्प दम्पतीलाई नै कोरोना लागेको समाचार आएसँगै शुक्रबार अमेरिकी सेयरबजारमा व्यापक गिरावट आएको थियो । सोसँगै विश्व सेयरबजार ओरालो झरेको थियो । संक्रमित ट्रम्प एक रात ह्वाइटहाउस बसेर सेनाको विशेष अस्पतालमा भर्ना भएका थिए । त्यसयता उनको स्वास्थ्यलाई लिएर सार्वजनिक चासो बढेको थियो । तर उनले पछिल्ला दिनयता लगातार सामाजिक सञ्जाल ट्विटरबाट भिडियो तथा ट्विटहरु पोस्ट गरिरहेका छन् । पछिल्लोपटक उनले आफ्ना समर्थकलाई आश्चर्यमा पार्ने भन्दै अस्पतालको शय्या छोडेर बाहिर उपस्थित समर्थकलाई अभिवादन गर्न पुगेका हुन् ।
उनी एसयूभी चढेर हात हल्लाउँदै अस्पतालबाट बाहिरिएका थिए । उनको यो हर्कतलाई लिएर अमेरिकी लेफ्टविंग मिडियाले कडा आलोचना गरिरहेका छन् । ट्रम्पको स्वास्थ्य केही दिनयता अमेरिकी सेयरबजारमा पनि चासोको विषय बनेको यसमा आएको उतारचढावले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया