Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड १९ का कारण चर्चित जापानी फेसन डिजाइनर केन्जोको मृत्यु

कोभिड १९ का कारण चर्चित जापानी फेसन डिजाइनर केन्जोको मृत्यु


टोक्यो ।
जापानको चर्चित फेसन ब्रान्ड केन्जोका संस्थापक केन्जो टाकाडाको कोरोना संक्रमणका कारण ८१ वर्षको उमेरमा मृत्यु भएको छ । बीबीसीका अनुसार फ्रान्सको राजधानी पेरिसस्थित अमेरिकन हस्पिटलमा केन्जोको मृत्यु भएको हो ।

उनी ब्राइट ग्राफिक्स, जंगल प्रेरित प्रिन्ट तथा विविध स्रोतको सम्मिश्रणका लागि उनी चर्चित थिए । पेरिस फेसन सिनमा विख्याति पाउने उनी पहिलो जापानी डिजाइनर पनि हुन् । उनी सन् १९६० पछि फ्रान्समै बस्नथालेका थिए । उनका प्रवक्ताका अनुसार झण्डै ८ हजार डिजाइन गरेका उनले फेसनलाई औधी रुचाउँथे ।

पेरिसका मेयर एन्ना हिडाल्गोले ट्विटरमार्फत उनको मृत्युले एक उत्कृष्ट प्रतिभा गुमाएको बताएकी छिन् । केन्जोले फेसनलाई रंग र प्रकाश दिएको उनले बताएकी छिन् । उनको मृत्युमा फेसन क्षेत्रका धेरैले दुःख व्यक्त गरेको बताइएको छ । त्यस्तै जापानी नागरिकहरुले पनि ट्विटरमा पोस्ट गर्दै उनको मृत्युप्रति दुःखद प्रतिक्रिया जनाएका छन् ।

केन्जो सन् १९३९ मा जापानी सहर ओसाका नजिकै हिमेजीमा जन्मिएका थिए । उनले सुरुतिर फेसन हाउसलाई स्केचहरु बिक्री गर्थे । तर पछि पछि उनी आफैँले जंगल ज्याप नामक सानो स्टोरबाट बिक्री गर्नथाले । केही समयअघि मात्रै उनले साउथ चाइना मर्निङ पोस्टसँग कुराकानीमा थोरै पैसाले स्टोर सजाएको बताएका थिए । त्यही कुराकानी उनको अन्तिम मिडिया अन्तर्वार्ता बनेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया