प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा गरेको सम्बोधनमा २०७२ को महाभूकम्पले गरेको विनाशका बारे चर्चा गर्दै त्यसले पु-याएको क्षतिको पुरण भइसकेको र भूकम्पले क्षति पु-याएका घर, विद्यालय, कलेज, अस्पताल र सम्पदास्थलको पुनर्निर्माण भइसकका तथा असुरक्षित क्षेत्रबाट मानव बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको भन्ने जानकारी गराए ।
प्रधानमन्त्रीले भनेजस्तै यो काम भइसकेको हो भने यो सह्रनीय हो । वास्तवमा देशले खोजेको कुरा पनि यही हो । कोही पनि असुरक्षित बसोबासमा रहन हुँदैन । घर, विद्यालय, कलेज, अस्पताल र सम्पदास्थलको पुनर्निर्माण हुनु स्वागतयोग्य काम हो । भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ ।
प्रधानमन्त्रीले भाषणमा भनिरहेका यी कुराहरूको काम भनेजस्तो भयो कि भएन भन्ने कुरा हेर्न बाँकी नै छ । कतै यो भाषण मात्रै हो कि व्यवहारमा पनि उतारिएको अवस्था छ त्यस कुराले बढी महत्व राख्छ । प्रधानमन्त्रीले भनेका शब्द यस्ता छन् –‘हामीले भूकम्पको घाउ पुरेका छौँ, घर, विद्यालय, कलेज, अस्पताल र सम्पदास्थलको पुनर्निर्माण गरेका छौँ, असुरक्षित क्षेत्रबाट मानव बस्तीलाई सुरक्षित ठाउँमा स्थान्तरण गरेका छौँ ।
यी उपलब्धिहरूबाट हाम्रा जनताले आर्थिक र सामाजिक अधिकारहरूको फराकिलो उपभोग गरिरहेको दर्शाउँछ ।’ अरु विषयभन्दा पनि असुरक्षित क्षेत्रबाट मानव बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छौँ भन्ने प्रधानमन्त्रीको दाबी कसौटीमा छ । तीन/चार हप्ताअघि मात्रै सिन्धुपाल्चोकलगायतका जिल्लामा जनधनको ठूलो मात्रामा क्षति भयो । कारण थियो, असुरक्षित क्षेत्रबाट मानव बस्तीलाई सुरक्षित ठाउँमा स्थान्तरण नगरिनु ।
असुरक्षित क्षेत्रबाट आफ्नो बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पटक–पटक निवेदन हाल्दा पनि कारबाही नभएको अवस्थामा त्यही ठाउँमा सय जनाको हाराहारीमा मानवीय क्षति भयो । कतिपयको त लास समेत भोटिएन । प्रधानमन्त्रीले सम्बोधन गरिरहँदाको क्षणमा पनि अवस्था यस्तै थियो । असुरक्षित क्षेत्रबाट मानव बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण नगरिएका कारण मान्छेहरू पुरिइरहेका थिए । यो कुरा नागरिकले प्रत्यक्ष भोगेकामा पर्छन् ।
पछिल्लो समय प्राप्त भएको एउटा रिपोर्टले पनि त्यसै भन्छ । पछिल्लो समय सिन्धुपाल्चोकको बाढीपहिरोमा ५६ जनाको मृत्यु, १९ जना घाइते र २८ बेपत्ता भए । त्यसै क्रममा बनेको जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदलले १२ स्थानीय तहका विभिन्न बस्ती पहिरो, बाढीको जोखिममा देखिएको अवस्था औँल्याएको छ ।
यो भनेको गएको भूकम्पका बेला नै स्थानान्तरण गर्नुपर्ने भनी त्यसबेला आएका प्रतिवेदनले रिपोर्ट तयार गरेको हो । अहिलेको अध्ययनले जोखिमयुक्त बस्तीमा ११ हजार एक सय नौ परिवार रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव यो कार्यदलले दिएको छ ।
पछिल्लो समयमै सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यी ठाउँ पहिले पनि बस्ती बस्नलायक छैनन् भनी किटानी भएको थियो । अहिले पनि त्यही कुरा दोहोरियो । सरकारले संकटग्रस्त क्षेत्र पहिचान गरेको कुरा राम्रो हो । त्यसअनुसार कार्यक्रम पनि आउलान् तर प्रधानमन्त्रीले भनेजस्तो यो कामले पूर्णता पाइसकेको त होइन रहेछ । अवस्था जस्तो छ त्यस्तै भनिएको भए हुनेथियो तर प्रधानमन्त्रीले किन यसरी झुटको खेती गरिहन्छन् ?
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया