एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा एनआईसी एसिया रेमिटमा अर्को निःशुल्क
काठमाडौं ।
एनआईसी एसिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा अर्को निःशुल्क पाइने भएको छ । विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्वमा अवसर पारेर एनआईसी एसियाले उक्त योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सहज एवं सबल बैंकिङको मूल सिद्धान्तअनुरूप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको अवस्थामा आफ्नो एनआईसी एसिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको हो ।
यो योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्करूपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरूका साथै अन्य व्यक्तिहरूले पनि लाभ उठाउन सक्नेछन् ।
उक्त विप्रेषण रकम बैंकको मुलुकभर फैलिएका तीन सय २६ शाखा कार्यालय, एक सय तीनवटा विस्तारित काउन्टर, ६४ वटा शाखारहित बैंकिङ एकाइ एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत बिनाझन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ । २०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत सहज एवं सरलरूपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल मुलुकभर तीन सय २६ शाखा कार्यालयहरू, चार सय ६८ एटीएम, एक सय तीनवटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक जानकारी दिएको छ । २२ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब एक अर्ब ८७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया