प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त
काठमाडौं ।
प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङ नियुक्त भएका छन् । बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खडका र अभिनेत्री कृष्टिना गुरुङलाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त गर्नेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्वय प्रदिप खडका र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने बैंकले विश्वास लिएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख सात हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा एक खर्ब २८ अर्ब ४९ करोड ४३ लाख ५४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ९९ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६४ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब आठ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ८१ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ५७ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख छ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया