भारतमा कोरोना संक्रमण र मृत्युदर घट्न थाल्यो
नयाँ दिल्ली ।
विगत २४ घण्टामा कोभिड–१९ बाट थप संक्रमितको संख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्यांक हेर्दा भारतमा कोभिड–१९ संक्रमण तथा संक्रमित बिरामीको मृत्युदरमा सामान्य कमी देखिएको छ ।
अक्टोबर १ का दिन ८६ हजार आठ सय २१ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र मृत्यु एक हजार एक सय ८१ रहेकोमा अक्टोबर २ मा संक्रमितको संख्या करिब पाँच हजारले कमी आई ८१ हजार चार सय ८४ भएकोे थियो । त्यस्तै मृत्यु संख्यामा पनि करिब एक सयले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन संक्रमितको संख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार चार सय ७६ कायम भएको थियो भने मृत्यु संख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा संक्रमितको संख्यामा थप कमी आई ७५ हजार आठ सय २९ र मृतक संख्या नौ सय ४० भयो भने अक्टोबर ५ मा संक्रमितको संख्या ७४ हजार चार सय ४२ भयो र नौ सय तीन संक्रमितको मृत्यु भयो ।
भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार चार सय ९० व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण रहेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कुल ८१ लाख ७१ हजार सात सय ९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार चार सय तीन व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया