Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसिंगापुरमा जन्मदर बढाउने उपाय ‘पान्डेमिक बेबी बोनस’

सिंगापुरमा जन्मदर बढाउने उपाय ‘पान्डेमिक बेबी बोनस’


सिंगापुर ।
सिंगापुर सरकारले जन्मदर बढाउन ‘पान्डेमिक बेबी बोनस’ दिने योजना सार्वजनिक गरेको छ । बीबीसीका अनुसार कोरोना भाइरस महामारीका बीच बच्चा जन्माए नागरिकले बोनस पाउनेछन् ।

महामारीले वित्तीय दबाब र रोजगारी गुम्नसक्ने अवस्थामा रहेका नागरिकलाई सरकारले उक्त अफर गरेको बताइएको छ । विश्वमै कम जन्मदर भएको देशमा सिंगापुर पनि पर्छ । उसले जनसंख्या वृद्धि गराउन चाहिरहेको छ । तर त्यसको ठीक उल्टो सिंगापुरका छिमेकी देशहरु फिलिपिन्स र इन्डोनेसियामा भने कोरोना महामारीका बीच गरिएका लकडाउनमा गर्भ दर बढेको छ । सिंगापुरका नागरिकमा भने कोरोनाकै कारण उनीहरुले गर्भ राख्न हिच्किचाएको र पछि सारेको बताइएको छ ।

‘पान्डेमिक बेबी बोनस’ योजनाबारे केही दिनपछि उसले विस्तृतमा जानकारी दिने सिंगापुरका उपप्रधानमन्त्री हेंग स्वी किटले सोमबार बताएका थिए । यो योजनाअनुसार अहिले भने वैधानिक नागरिकले १० हजार सिंगापुर डलरसम्म फाइदा पाउनेछन् ।

सन् २०१८ मा सिंगापुरको बच्चा जन्माउनसक्ने दर आठ वर्षयताकै न्यून अर्थात् प्रतिमहिला १.१४ प्रतिशत विन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । त्यसो त धेरै एसियाली देशले महामारीका दौडान सिंगापुरकै जस्तो समस्या झेल्दै आएका छन् । यसअघि यही वर्षको सुरुतिर चीनको जन्मदर ७० वर्षयताकै न्यून विन्दुमा पुगेको थियो । चीनमा एक बच्चा नीति कायम छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया