आशिष बहादुर सिंह
बझाड. ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रोपावरको सम्पूर्ण काम पुस महिनाभित्र पूरा भई फागुनभित्र विद्युत् आपुर्ति हुने कम्पनीको दाबी रहेको छ । अहिले हाइड्रोपावरको काम ९२ प्रतिशत सम्पन्न भएको छ ।
बुंगल नगरपालिका वडा नं. ५ को पाउँटामा सञ्चालन गरिएको कालङ्गा हाइड्रोपावरको काम तीव्ररूपमा अगाडि बढिरहेको कम्पनीको भनाइ छ । तीन वर्षभित्र काम पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएर २०७३ चैत्र ८ गतेबाट हाइड्रोपावरको काम सुरु भएको थियो । स्थानीयको अवरोध तथा पछिल्लो पटक विश्वरभर फैलिएको कोरोना भाइरस कारण निर्माण कार्य लक्ष्यभन्दा केही ढिलो भएको कम्पनीले जनाएको छ ।
विद्युत् उत्पादन सुरु भएसँगै दुर्गमका अँध्यारो गाउँमा उज्यालो बनाउँदै बालबालिका र महिलासँगै मानव जीवनको जीवनशैलीमा परिर्वतन ल्याउन सफल हुने लगानी कर्ता तथा सञ्चालन समितिका सदस्य शिव घिमिरेको भनाइ छ । उनले भने, ‘हामी बुगल क्षेत्रमा मात्र ६५ मेघावाट विद्युत् उत्पादन गर्दैछौँ । कालङ्गा हाइड्रोपावरको क्षमता १५ दशमलव ३३ मेघावाट हो ।’ हाइड्रोपावरको सबैभन्दा अप्ठायारो काम सुरुङमार्ग निर्माण भए पनि साढे ३ किलो मिटर सुरुङमार्गको काम पूरा भई नहर पावर हाउसको घर र बाँध समेत पूरा भएको उनले बताए । योसँगै अन्य तीनवटा योजना पनि आफूहरूले सञ्चालन गरिरहेको उनले बताए ।
सुदूरपश्चिका ९ जिल्ला र ६ नम्बर प्रदेशमा समेत ६५ मेगावटा विद्युत् उत्पाद गरी वितरण गरेर विकास निमार्णमा टेवा पु-याउने लक्ष्य रहेको सञ्चालक समिति सदस्य तिर्थराज चटौतले बताए । उनले भने, ‘काम गर्न निकै गाह्रो छ, कहिले बाढी, झरी, हिमपात कहिले स्थानीयले हाइड्रोपावरसमन्धी अबुझका कारण अवरोध गर्दा विभिन्न समस्या झेल्नुपरेको छ ।’ कम्पनीमा अहिले दक्ष, अर्धदक्ष र अदक्ष गरी जिल्लाबाहिर र भित्रका पाँच सय जनाभन्दा बढीले काम गरी रहेको छ ।
कालङ्गा हाइड्रोपावरको मात्र कुल लगात दुई सय ८० करोड रहेको छ । त्यसमध्ये २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छ्रे बैंक, एनएनबी बैंक, सिभिल बैंकलगायतको लगानी रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया