Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेजले शिक्षकहरुलाई २१ हजार टिकट निःशुल्क प्रदान

कतार एयरवेजले शिक्षकहरुलाई २१ हजार टिकट निःशुल्क प्रदान


काठमाडौं ।
कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागिरहेका शिक्षकहरुको सम्मानस्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१ हजार टिकट निःशुल्क वितरण गरेको छ ।

कम्पनीले दोहाको समयअनुसार टिकट अक्टोबर ५ बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ४ बजेसम्म वितरण गरिएको हो । शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन कम्पनीको वेबसाइटमा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिनुपर्ने थियो । टिकट फर्स्ट कम फर्स्ट सर्भका आधारमा वितरण गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया