Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण

अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण


काठमाडौं ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका दुई सय ४० जना अपाङ्गता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गरेका छन् । काठमाडौँमा बुधबार आयोजिक एक कार्यक्रममा उनले सो ह्वीलचियर वितरण गरेका हुन् ।

उक्त ह्वीलचियरको बजार मूल्य १५ हजार रूपैयाँदेखि दुई लाख ५० हजार रूपैयाँसम्मका रहेका छन । कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपाङ्गता भएका व्यक्तिहरूको जिम्मा राज्यले लिने बताए । उनले भौतिक पूर्वाधारसहितको अपाङ्गता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान समेत गरे ।

‘अम होङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा पनि आवश्यकताअनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाले जानकारी दिए । कार्यक्रममा समाजकल्याण परिषद्का सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपाङ्ग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपाङ्गताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया