महिला चेम्बर र सोचेको डटकमबीच इ–कमर्ससम्बन्धी सम्झौता
काठमाडौं ।
नेपाल महिला चेम्बर र सोचेको डट कम बीच इ–कमर्ससम्बन्धी सम्झौता भएको छ । इ–कमर्सको माध्यमद्वारा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न गराउन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रबन्धनिर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात् आफ्नो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगको साथै चेम्बरसँग आबद्ध महिला उद्यमीबाट उत्पादित सामानको व्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान बिक्री वितरण गर्न लागिएको जनाइन् । साथै, उनले कोभिड–१९ बाट सृजित समस्याबाट व्यापारिक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन यो व्यवस्था प्रभावकारी हुने अपेक्षा लिइएको उनले बताइन् ।
नेपाल महिला चेम्बर र सोचेको डट कमबीचको समझदारीपत्रले महिला व्यवसायीहरुको व्यापार वृद्धि हुने र हाल कोभिड–१९ को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढिरहेको बताउँदै यसबाट आम उपभोक्तालाई स्वास्थ्यका दृष्टि र आर्थिक दृष्टिले समेत लाभ पुग्न जाने औल्याइन् । सो अवसरमा सोचेको डट कमका प्रबन्धनिर्देशक शैलेश लोहनीले सोचेको डट कम नेपालको एक लोकप्रिय अनलाइन सपिङ्ग कम्पनी रहेको दाबी गर्दै केही वर्षअघि मात्र सेवा सुरुवात गरेको यस कम्पनीले छोटो समयमा नेपाली ग्राहकहरुको मन जित्न सफल भइरहेको बताए ।
साथै, उनले यस अनलाइन सपिङ्गमार्फत विभिन्न उत्पादक तथा बिक्रेताहरुको उत्पादनलाई बिक्रीवितरण गर्न मद्दत गर्ने तथा तिनका उत्पादनहरुलाई बजारीकरण समेत गर्दै आएको स्पष्ट पारे । नेपालको प्रविधि क्षेत्रको अग्रणी संस्था मेगाटेक ग्रुप प्रवर्द्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाहरुबाट सञ्चालित तथा पूर्णरुपमा नेपाली लगानीमा सञ्चालित अनलाइन सपिङहरुमध्ये अग्रणी स्थानमा रहेको जानकारी समेत उनले दिए ।
समझदारीपत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डट कमको वेबसाइटमा राखिने, वेबसाइटसम्बन्धी तथा डिजिटल मार्केटिङ्गको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुकलगायतका विभिन्न माध्यमहरुबाट विज्ञापन गर्नका साथै उद्यमीहरुको आवश्यक पर्ने ब्राण्ड मेनेजमेन्टलगायतका तालिम उपलब्ध गराउने, जिल्लाका उद्यमीहरुलाई यथाशीघ्र यो योजनामा सामेल गराउने कार्यक्रम र लक्ष्य रहेको छ ।
सीमित सहभागिता र पूर्ण सामाजिक दूरीलगायत अन्य सबै स्वास्थ्य प्रोटोकल पूरा गरी सो कार्यक्रम गरिएको थियो । नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको छ भने महिला उद्यमीहरुका हकहितका लागि विभिन्न कार्य गर्दै आइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया