कोभिड–१९ राहत प्याकेजमा चुनाव अघि डेमोक्रेटसँग वार्ता हुँदैन : ट्रम्प
वासिड.टन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजभ्र्स) ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा रहेको विवरण सार्वजनिक गरेलगत्तै राष्ट्रपति ट्रम्पले थप आर्थिक राहत प्याकेजका बारेमा थप छलफल नगर्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले गरेको ट्विटमा अमेरिकी संसद कंग्रेसकी सभामुख नान्सी पेलोसीले असल मनशायका साथ वार्ता गर्न नचाहेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले सिनेटमा बहुमत प्राप्त दल रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनललाई आफूले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेकी एमी कोने ब्यारेटको संसदीय सुनुवाई तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
ट्रम्पले ट्विटमा भनेका छन्, ‘मैले चुनाव अघिसम्म राहतका विषयमा वार्ता स्थगित गर्न पार्टीका सदस्यलाई भनिसकेको छु, र मैले राष्ट्रपतिको चुनाव जितेलगत्तै ठूलो राहत प्याकेज घोषणा गर्नेछु जसले मेहनेती अमेरिकी जनता र साना व्यवसायलाई मुख्य रुपमा ध्यान दिनेछ ।’
मध्यस्थता वार्ता स्थगित गरेको केही घण्टापछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले चुनाव अघि हरेक अमेरिकी योग्य नागरिकको खातामा एक हजार २०० डलरको राहत दिन अमेरिकी कंग्रेस समक्ष अनुरोध गरेका थिए । तर त्यसको जवाफमा कंग्रेसकी सभामुख पेलोसीले आंशिक सम्बोधनको साटो विस्तृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
मंगलबार साँझ एकपछि अर्को ट्विट गरेका राष्ट्रपतिले भनेका छन्, ‘म अहिल्यै तत्कालै हस्ताक्षर गर्न तयार छु । के नान्सी तपाइँले सुन्नु भएको छ ?’ उनले कंग्रेससमक्ष विमान सेवाका लागि २५ अर्ब डलर र साना व्यवसायलाई मद्दत गर्न १३५ अर्ब डलरको अर्को राहत प्याकेज स्वीकृत गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति ट्रम्पको उक्त अप्रत्याशित कदमले राष्ट्रपति पदमा पुनः निर्वाचित हुने सम्भावनालाई झनै क्षीण बनाएको छ र उनको चुनावी अभियानमा ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्प स्वयं ह्वाइट हाउसमा क्वारेन्टाइनमा बसेका छन् । पछिल्ला चुनावी मत सर्वेक्षणले राष्ट्रपति ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनभन्दा निकै पछि रहनु भएको देखाएका छन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । पूर्वउपराष्ट्रपति एवं राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले राष्ट्रपति ट्रम्पका पछिल्ला प्रस्ताव र कदमहरु अस्वीकार्य रहेको बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया