बजार परिसूचक १६ सय अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचकम १६ अंकमा चढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक १४ दशमलव ६८ अंकले उकालो लागेर १६ सय दशमलव ९७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले उकालो लागेर तीन सय १६ दशमलव ३९ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ४५ हजार नौ सय ८१ पटकको कारोबारमा एक करोड २६ लाख ९९ हजार पाँच सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ३५ करोड ८५ लाख छ हजार दुई सय ९६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार उत्पादनमूलक र अन्य समूहको सूचक क्रमशः एक दशमलव तीन र शून्य दशमलव दुई अंकले ओरालो लागेर ३१ सय ३४ दशमलव ८९ र २५ सय ४० दशमलव ५९ झरेका छन् भने बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ५३ अंकले उकालो लागेर १२ सय ७५ दशमलव २२ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ७७ दशमलव ९८ अंकले उकालो लागेर दुई हजार ७९ दशमलव ९४ अंकमा चढेको छ ।
जलविद्युुत् समूहको सूचक पनि ७५ दशमलव ९३ अंकले उकालो लागेर १४ सय ४७ दशमलव २५ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक ७६ दशमलव आठ अंकले उकालो लागेर सात हजार नौ सय ७१ दसममलव ९९ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि १७ दशमलव ६६ अंकले उकालो लागेर नौ हजार पाँच सय ९४ दशमलव ६९ अंकमा चढेकोमा टे«डिङ, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश छ दशमलव नौ, ५२ दशमलव ६७, २३ दशमलव १४, चार दशमलव सात र शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर एक सय ९८ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक कर्णाली विकास बैंक, हिमालयन पावर पार्टनर आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ११ प्रतिशतले घटेर आठ रुपैयाँ ७२ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि दुई दशमलव २० प्रतिशतले घटेर सात सय १२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी उन्नति कोष, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा अरुण काबेली पावर लिमिटेड परेको छ । कम्पनीको प्रतिकित्ता दुई सय ६५ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड २३ लाख ८३ हजार तीन सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता दुुई सय ५९ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड २४ लाख ७७ हजार ३२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक बुुटवल पावर कम्पनी, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया