Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व बैंकले भन्यो– नेपालको अर्थ व्यवस्थामा कोभिड–१९ को सबैभन्दा कठोर प्रहार अनौपचारिक क्षेत्रमा

विश्व बैंकले भन्यो– नेपालको अर्थ व्यवस्थामा कोभिड–१९ को सबैभन्दा कठोर प्रहार अनौपचारिक क्षेत्रमा


काठमाडौं ।
विश्व बैंकले नेपालको अर्थ व्यवस्थामा कोरोना भाइरस (कोभिड १९) को सबैभन्दा कठोर प्रहार अनौपचारिक क्षेत्रमा भएको तथ्य सार्वजनिक गरेको छ । बैंकले पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन (साउथ एसिया इकोनोमिक फोकस) अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधि, पर्यटन क्षेत्रमा पु¥याएको अवरोधका कारण सन् २०२० मा शून्य दशमलव दुई प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर शून्य दशमलव छ प्रतिशत मात्र पुुग्ने अनुमान गरेको छ ।

विश्व बैंकले बुुधबार सार्वजनिक गरेको अर्धवार्षिक अपडेटमा भनिएको छ, ‘महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ, जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै छन् । पछिल्ला पाँच वर्षमा लगातार वार्षिक छ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा सात दशमलव सात प्रतिशतले हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएभन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि चार दशमलव पाँच प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा छ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति गर्नेछैन भन्ने यसले संकेत गर्दछ । अघिल्ला मन्दीहरूमा खस्किँदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए । तर यसपालिको आर्थिक मन्दी निकै लामो समयसम्म रहने पनि आँकलन पनि विश्व बैंकले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया