Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिःशुल्क आँखा शिविरको आयोजना

निःशुल्क आँखा शिविरको आयोजना


बीरगञ्ज ।
विश्व दृश्य दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन पर्साले निःशुल्क आखाँ शिविरको आयोजना गरेको छ । हरेक नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा सजिलो पहँुच होस् भन्ने उद्देश्यले फाउण्डेसन पर्साले बिहीबार आँखा शिविरको आयोजना गरेको हो ।

आँखा शिविरमा दुई सय २५ जनाले सेवा लिएको मातृृका आई फाउण्डेसनका चिकित्सक डा. महेशसिंह धामीले जानकारी दिए । जसमध्ये एक सय ३७ जना महिला र ८८ पुरुष रहेका छन् । चेकजाँचका क्रममा एक सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ, जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा. धामीले बताए । मोतिबिन्दुको समस्या देखिएका आँखाका रोगीहरूलाई मातृका आई फाउण्डेसनले गिरिजा फाउण्डेसन पर्साको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने गिरिजा फाउण्डेसनका पर्साका सचिव धिरज गुप्ताले बताए ।

बहुदरामाई नगरपालिका वडा नं ३ नकरदाहा महावीर साह माविको प्राङ्गणमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले मानव शरीरमा आँखा बहुमूल्य भाग रहेकोले आँखालाई सावधानीपूर्वक हेरचाह गर्नुपर्ने बताए । निःशुल्क आँखा शिविर कार्यक्रममा प्रदेस सांसद राजेश्वर साह तेली, बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव रामनारायणप्रसाद कुर्मी, वडा अध्यक्षद्वय जितेन्द्र पटेल र दिनेश यादव, नेविसंघका जिल्ला सहसचिव दिपेश श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया