Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन थपिए पाँच हजार आठ संक्रमित

एकैदिन थपिए पाँच हजार आठ संक्रमित


काठमाडौं ।
उपत्यकामा दुई हजार छ सय ७२ सहित नेपालभर गत २४ घण्टामा पाँच हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या एक हजार दुई सय २९ जना रहेको जानकारी दिए ।
हालसम्म देशभर जम्मा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ छ ।

संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ६ सय ५४ छ । प्रदेश १ मा एक हजार ४७७, प्रदेश २ मा ५०९, वाग्मती प्रदेशमा नौ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदुरपश्चिम प्रदेशमा ११४ जना रहेका छन् । प्रवक्ता गौतमले भने, ‘होम हाइसोलेसनमा रहनुभएका व्यक्तिको संख्या प्रदेश १ मा दुई हजार १६४, प्रदेश २ मा ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा एक हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदुरपश्चिम प्रदेशमा ६४० जना गरी जम्मा १७ हजार १६४ जना हुनुहुन्छ ।’

गत २४ घण्टामा १९ हजार ३ सय २० मा पीसीआर गरिएको छ । त्योसँगै हालसम्म ११ लाख ६४ हजार ५ सय ५७ परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या चार हजार ६ सय ८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, वाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्बिनी एक हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार १६१ जना छन् । संक्रमणमुक्त भई हालसम्म घर फर्कनेको संख्या ७४ हजार २५२ छन् ।

कोभिड–१९ बाट मुक्त हुनेको संख्या ७०.२ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत बिरामीको संख्या ३२१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत संख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढि संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् । विश्वमा हालसम्म तीन करोड ७१ लाख ५२ हजार १२५ जना व्यक्तिहरु कोभिड–१९ बाट संक्रमित भएका छन् भने निको हुनेको संख्या दुई करोड ७९ लाख १८ हजार ६३६ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया