काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि आज बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए ।
मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताए ।
कोरोना संक्रमितको मृत्यु : भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- स्वालम्बन लघुवित्तको साधारणसभाको आह्वान
- बेष्ट फाइनान्सको साधारणसभा आह्वान
- निषेधाज्ञा तोडेर कास्कीमा रास्वपाले गर्यो प्रदर्शन
- पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
- ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
- कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
- राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार
- चिनियाँ नेताको प्रधानमन्त्री ओलीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया