Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिन्धु विकास बैंकले कमायो एक करोड ६६ लाख रुपैयाँ खुद मुनाफा

सिन्धु विकास बैंकले कमायो एक करोड ६६ लाख रुपैयाँ खुद मुनाफा


ललितपुर ।
सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार करोड ३५ लाख ५३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा दुई अर्ब सात करोड ४३ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ११ करोड ८४ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा पाँच दशमलव ७४ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने ५५ लाख ८६ हजार रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले दुई अर्ब ६१ करोड ६२ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४८ करोड ९० लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ७२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव पाँच प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया