निगमका नवनियुक्त महाप्रबन्धक पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं ।
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । उनलाई सरकारले चार वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।
सोमबार आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएको भन्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा मिलेर काम गर्ने बताए । नवनियुक्त महाप्रबन्धक डिम प्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोले निगमलाई गतिशील बनाउन सबैको सहयोग लिएर सक्दो प्रयास गर्ने बताए ।
निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने उनको दाबी छ । उनले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने बताए । नायब महाप्रबन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्ने व्यक्ति निगमको महाप्रबन्धक भएर आएकोले निगमले गति लिने विश्वास व्यक्त गरे ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपूर्ण प्रयास आवश्यक रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया