फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक
काठमाडौं ।
फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सोमबार अनावरण गरेको छ ।
यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्यांक संकलन गरी बनाइएको सूचनागत दृश्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो ।
यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्यांक र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ । यो संस्करणको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । यस पटक पाठकहरुले यो पुस्तक विभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्यांकीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया