महालक्ष्मी विकास बैंकमा ऋणीहरूलाई ब्याज रकममा छुट
काठमाडौं ।
महालक्ष्मी विकास बैंकमा ऋणीहरूले कर्जाको ब्याजमा छुुट पाउने भएका छन् । हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूलाई राहत पु-याउने उद्देश्यले ऋणीहरूले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्नेछ । ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरूमा ब्याजदर समेत घटाएको छ ।
आउँदै गरेको नेपालीहरूको महान पर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखातथा ३४ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाखभन्दा बढी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया