विश्व लगानीकर्ता सप्ताहसम्बन्धी विविध कार्यक्रम सम्पन्न
काठमाडौं ।
विश्व लगानीकर्ता सप्ताहसम्बन्धी विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राट्रिय संस्थाको एसोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा बोर्डको सहभागिता रहँदै आएको छ । सन् २०१७ देखि उक्त संस्थाले आह्वान गरेको विश्व लगानीकर्ता सप्ताह उक्त संस्थाबाट यस वर्ष अक्टोवर ५–११, २०२० (२०७७ आश्विन १९–२५) सम्म आयोजना गर्न आह्वान गरेअनुरूप बोर्डले २०७७ आश्विन २१ देखि २५ सम्म लगानीकर्ता सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको र सोहीअनुरूप लगानीकर्ता सम्मेलन सम्पन्न गरेको बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार सप्ताहको पहिलो दिन मिति २०७७ आश्विन २१, बुधबार, पहिलो कार्यक्रमको रूपमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जानकारी तथा सचेतनामूलक विषेश रेडियो कार्यक्रम रेडियो नेपालबाट विहान ७ः२५ देखि ७ः५५ सम्म प्रसारण गरिएको थियो । उक्त कार्यक्रमबाट देशभर रहेका सर्वसाधारण लगानीकर्ताहरू लाभान्वित भएकोे बोर्डको अनुमान रहेको छ । उक्त कार्यक्रममा धितोपत्र बजारमा लगानी गर्दा सचेत भई सुसूचित निर्णयका आधारमा गर्नुपर्ने सम्बन्धमा बोर्डका उपकार्यकारी निर्देशक तथा विज्ञको धारणाका साथै कार्यक्रममा लगानीकर्ताबाट उठान भएका प्रश्न तथा जिज्ञासाहरूको सम्बोधन समेत गरिएको थियो ।
दोस्रो कार्यक्रमको रूपमा २०७७ आश्विन २२, बिहीबार, अपरान्ह ३ देखि ५ः३० दोस्रो कार्यक्रमको रूपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । बोर्डले धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका लागि बुक विल्डिङ पद्धतिबाट सार्वजनिक निष्काशन गर्नसक्ने गरी निर्देशिका जारी गरेको पृष्ठभूमिमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योग विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रार, नेपाल उद्योग परिसंघको अध्यक्ष, वास्तविक क्षेत्रका कम्पनीका उच्च व्यवस्थापन, बोर्डका सदस्यहरू, लगानीकर्ता आबद्ध विभिन्न संघसंगठनका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारबाट पुँजी परिचालन गर्न अभिप्रेरित गर्ने र धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा सम्भाव्य निष्काशनकर्ता कम्पनीहरू तथा लगानीकर्ताहरूमा रहेको द्विविधा अन्त्य गर्न बाह्य विज्ञ तथा बोर्डका पदाधिकारीबाट प्रस्तुतीकरण गर्नुका साथै प्रस्तुतीकरणमा आएका विषयवस्तुहरूमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा वास्तविक क्षेत्रका करिव ५० कम्पनीहरूको सहभागिता रहेको थियो ।
तेस्रो कार्यक्रमको रूपमा मिति २०७७ आश्विन २३, शुक्रबार, अपरान्ह १ः३०–५ः३० लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम लगानीकर्ताको अधिकार, सुसूचित लगानीसम्बन्धी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाइन ट्रेडिङको उपयोगिता र प्रयोग, आस्वा, सीआस्वा, मेरा सेयरको उपयोगिता, क्रेडिट रेटिङको महत्व तथा उपयोगितालगायतका धितोपत्र बजारसम्बन्धी विषयवस्तुहरूमा केन्द्रित रहेको थियो ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सीडीएस एण्ड क्लियरिङ लि. र इक्रा नेपालको तर्फबाट लगानीकर्तालाई लगानीसम्बन्धी प्रशिक्षण तथा सचेतना प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बजार विज्ञ र लगानीकर्ताहरू आबद्ध पाँचवटा लगानीकर्ता संघसंगठका प्रतिनिधले बोर्डले आयोजना गरेको कार्यक्रम आम लगानीकर्ताहरू ज्यादै उपयोगी भएको धारणा व्यक्त गर्दै लगानीकर्ताको हैसियले आफ्नो ज्ञान तथा अनुभव आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा जुममार्फत प्रत्यक्ष तथा सामाजिक सञ्जाल फेसबुकमार्फत देश तथा विदेशबाट ठूलो संख्यामा सर्वसाधारण लगानीकर्ताहरू सहभागी भएका थिए ।
सोही दिन बोर्डले दुईवटा महत्वपूर्ण कार्य समेत सम्पन्न गरेको छ । धितोपत्रबजार सम्बन्धमा चासो राख्ने सर्वसाधारण र स्कुल तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी प्रकाशन गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० को बोर्डका अध्यक्ष श्री भिष्मराज ढुङ्गानाबाट विमोचन गरिएको छ ।
साथै उक्त दिन धितोपत्र बजार सहभागीहरूले बोर्डमा पेस गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेस गर्न र लगानीकर्ताले सूचीकृत कम्पनीसम्बन्धी विवरण प्राप्त गर्नसक्ने प्रणालीको अनावरण बोर्डका अध्यक्ष श्री भिष्मराज ढुङ्गानाबाट भएको थियो । यस व्यवस्थाबाट धितोपत्र बजार यान्त्रीकीकरण र प्रविधिमैत्री हुदै जानेछ ।
चौथौ कार्यक्रमको रूपमा (मिति २०७७ आश्विन २४, शनिबार) लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरू तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक जानकारी दिइएको बोर्डले जानकारी दिएको छ । पाँचौँ कार्यक्रमको रूपमा (मिति २०७७ आश्विन २५, आइतबार, अपराह्न ३ः३०–३ः४५ लगानीकर्तालाई सबलीकरण गर्ने र तिनको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिकासम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रशारण भएको छ ।
यस वृत्तचित्रमार्फत बोर्डले गरिरहेको काम तथा भावि योजनाको बारेमा सर्वसाधारण लगानीकर्तालाई जानकारी हुनगै धितोपत्र बजार तथा वस्तुविनिमय बजारका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न मदत पुगेको बोर्डले अपेक्षा गरेको छ । बोर्डका अनुसार समग्रमा विश्व लगानीकर्ता सप्ताह २०२० अन्तर्गत धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा लगानी गर्दा सचेत भई सुसूचित निर्णयका आधारमा लगानी गर्न आम लगानीकर्ताहरूलाई अभिप्रेरित गर्न सञ्चालित कार्यक्रमहरूबाट बोर्डले धितोपत्र बजार थप स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री हुने अपेक्षा गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया